Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

मनाङमा बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

Friday, June 18, 2021 National Power

पोखरा-  अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । ‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ प्रजिअ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’

प्रजिअ लामिछानेले फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताए । ‘ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेलिकप्टर पनि फर्किनुपर्‍यो’ उनले भने ।

उनले बिहीबार ३५ जनाको मात्रै उद्धार गर्न सकिएको जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमध्ये २४ जना सिरान तालका मात्रै छन् ।

चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।