Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग

Saturday, June 12, 2021 National Power

काभ्रेपलान्चोक – एमालेका युवा नेता, समाजसेवि तथा युवा व्यवसायी रत्नकुश रंजितले बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवरको समन्वमा ७० बर्षभन्दा माथीका १३० आमा बुबाहरुलाई स्वस्थ्य रहनका लागि हर्लिक्स लगायतका पौष्टिक आहार वितरण गर्नु भएको छ । हर्लिक्स सँगै उहाँले स्वस्थ्य रहनेको लागि साबुन, माक्स लागायतका स्वास्थ्य सामाग्रीहरु वडा अध्यक्ष लाई हस्तान्तरण गर्नु भएको हो ।

प्रत्येक दिन बनेपामा रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्ने अभियानमा रंजितको सक्रियता तिब्र देखिन्छ । रंजित र बनेपाका युवा नेता नवराज मानन्धरले आज बनेपा नगरपालिका वडा नं. १३ मा रहेको सालम चर्जलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको छ । खाद्यान्नमा २० बोरा चामल, चिनी, नुन, तेल, दाल,च्यापती लगायतको सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

उहाँले आज नै ठकुरी गाँउ स्थिति एक शारिरीक असंक्तता भएका व्यक्तिलाई खाद्यान्नसँगै उपचारका लागि आर्थिक सहयोग समेत गर्नु भएको छ । आफ्नै निवासबाट ४० परिवारलाई आजमात्रै राहत वितरण गर्दै ११०० परिवारलाई बनेपामा मात्रै राहत वितरण गर्नु भएको रंजितले जानकारी दिनु भयो ।

खाद्यान्न वितरण कार्यक्रममा बनेपा नगरका युवा नेता नवराज मानन्धर , बिक्रम प्रजापति, बिकास मानन्धर ,
ज्ञानेन्द्र नकर्मी, राम रंजित, उमेश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

रंजितले लकडाउन भरि नै अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।