Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना भाइरसको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने

Tuesday, June 1, 2021 National Power


काठमाडौँ — कोरोना भाइरसको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने भएको छ । साथै मे ३१ देखि लागू हुने गरी १५ दिनका लागि नयाँ सामाजिक दूरीको मापदण्ड पनि अपनाइने अधिकारीहरुले बताएका छन् ।

केही दिनअघि भारत र बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्ट मिश्रित रुपमा भेटिएपछि भियतनामले संक्रमण रोकथाम र नियन्त्रणका लागि तदारुकता देखाएको हो । नयाँ स्वरूपमा भेटिएको कोरोना भाइरस घातक र हावामार्फत तीव्र रुपमा फैलिने किसिमको भएको भियतनामका स्वास्थ्यमन्त्रीले बताएका थिए ।

यसअघि भियतनाममा सात वटा भेरियन्टका कोरोना भाइरस भेटिएको थियो । भियतनाममा बी।१।२२२, बी।१।६१९, डी६१४जी, बी।१।१।७९यूके भेरियन्ट०, बी।१।३५१ र बी।१।६१७।२९इन्डियन भेरियन्ट० भेटिएको थियो ।

भियतनाममा भेटियो कोरोना भाइरसको इन्डियन र यूके भेरियन्टको मिश्रित स्वरूप
धार्मिक गतिविधि बढेपछि भियतनामको व्यापारिक सहरका रुपमा चिनिएको हो चि मिन्हमा संक्रमण बढेको हो । हो चि मिन्हमा एउटा धार्मिक गतिविधिमा सहभागी भएका कम्तीमा १२५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ । कोरोना संक्रमणको पहिलो लहर रोक्नका लागि भियतनामले चालेको प्रयासलाई उदाहरणीय मानिन्छ । त्यसैले कोरोनाको दोस्रो लहर रोक्न पनि भियतनामले प्रभावकारी कदम चाल्ने अधिकारीले बताएका छन् ।

दैनिक १ लाख परीक्षण क्षमतामा हो चि मिन्हका करिब १ करोड ३० लाख बासिन्दाको कोरोना परीक्षण गरिने अधिकारीले बताएका छन् । सोही क्षमतामा परीक्षण गर्ने हो भने सहरका पूरै बासिन्दाको परीक्षण सकिन चार महिना लाग्छ । त्यस्तै सहरमा पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । धार्मिक गतिविधि र ठूला भेला समारोहमा पनि रोक लगाइएको छ । १० जनाभन्दा बढीको समूहमा भेला हुन रोक लगाइएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०२० को सुरुवातमा भियतनाममा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिनेबित्तिकै भियतनामले स्वदेश फर्किने आफ्ना नागरिकबाहेक सबैलाई प्रवेशमा रोक लगाएको थियो । त्यस्तै विदेशबाट फर्कने सबैलाई अनिवार्य क्वारेन्टाइन र परीक्षणको व्यवस्था गरिएको थियो । त्यस्तै व्यापक रुपमा मुलुकव्यापी रुपमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरेकाले पनि भियतनामले पहिलो लहरबाट आफूलाई जोगाउन सफल भएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण फेरि फैलिने खतरा भएपछि सरकारलाई खोप अभियानमा वृद्धि गर्न दबाब दिइएको छ । करिब १० करोड जनसंख्या भएको भियतनाममा अहिलेसम्म करिब १ प्रतिशत नागरिकले मात्रै खोपको एक डोज लगाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार भियतनामले कोभ्याक्स परियोजनाअन्तगर्त २९ लाख डोज कोरोना खोप प्राप्त गरेको छ भने विभिन्न कम्पनीसँग खोप खरिदका लागि पहल गरिरहेको सरकारले जनाएको छ ।

भियतनाममा अहिलेसम्म ७ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये आधा संख्या त गत अप्रिलयता मात्र पुष्टि भएको हो । त्यस्तै भियतनाममा अहिलेसम्म कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ । अहिले पनि भियतनाममा कोरोना संक्रमणका हिसाबले न्यून संक्रमित भएको मुलुक हो ।