Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

खाद्यान्न पसल बन्द गर्ने निर्णयको आलोचनापछि प्रशासनले गर्‍यो वैकल्पिक व्यवस्था

Thursday, May 27, 2021 National Power

काठमाडौं -किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । काठमाडौंका सहयाक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘खाद्य संस्थान, साल्ट ट्रेडिङ, उपभोक्ता हित संरक्षण मञ्च र व्यवसायीसमेतको बैठकबाट यो निर्णय गरिएको हो ।’

उनका अनुसार दुई कम्पनीमा चामल, दाल, नेल, नूनलगायत सामग्रीको पर्याप्त मौज्दात छ । कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ ।