Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

महामारीविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

Thursday, May 27, 2021 National Power

काठमाडौं – नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई÷दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ ।

तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने रु संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता विषय समेटिएको कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिममा देशभरका ३००० चिकित्सक एवं स्वास्थ्यकर्मीले सहभागिताका लागि आवेदन दिएका छन् । यो तालिम जुम र फेसबुक लाइभ मार्फत् दिन लागिएको कार्कीले जानकारी दिए ।

सामान्य अवस्थामा समेत स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन लागेको भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारी स्वरुप तालिम सञ्चालन गर्न लागेको हो । ‘सुरुमा बेड अभावले हामीलाई समस्या गरायो, त्यसपछि अक्सिजन अभावको समाचार सुन्न थालियो, कोरोना लागेर चिकित्सकहरु आइसोलेसनमा बस्न थालेकोले अबको अभाव भनेको जनशक्तिको हुनेवाला छ’ कार्कीले भने ‘भएको जनशक्तिलाई राम्रो तालिम दिन सकियो भने यसले केही हदसम्म यो अभावलाई पूर्ति गर्न सक्छ भन्ने विश्वासका साथ यो तालिम आयोजना गरेका हौं ।’

चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो । ‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स स् कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल९सिमोन०, सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल (सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।