Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउनू :त्रिविले

Tuesday, May 25, 2021 National Power

काठमाडौं – त्रिभुवन विश्‍वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति मार्फत उपकुलपति प्रा.डा.बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ(आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा अहिलेको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन उनको आग्रह छ । उनले भनेका छन्, ‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु ।’