Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

इलाका प्रहरी कार्यालय बनेपाको उदाहरणीय काम, खाली अक्सिजन शिलिण्डर संकलन

Saturday, May 8, 2021 National Power

काभ्रेपलाञ्चोक, नेपालमा कोरोना भाइरसको दोस्रो लहर प्रवेश गरेको छ । दोस्रो लहर प्रवेश गर्न साथ धेरै मानिसहरको ज्यान जान थालेको छ । बिज्ञहरुले पनि पहिलाको भाइरस भन्दा अहिलेको निकै खतरनाक भएको बताएका छन् । यसरी दास्रो लहर प्रवेश गर्न साथ नेपाल सरकारले स्थानिय तहलाई अवस्था हेरेर लकडाउन गर्न आदेश दिएको छ । यहि आदेश अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर तिन जिल्ला प्रशासनले पहिला एक हप्ता लकडाउन गर्योै त्यस पछि संक्रमितको संख्यामा कमि नआएपछि अर्को एक हप्ता थप गरेको छ ।

उपत्यका बाट नजिकै रहेको काभ्रे जिल्लामा पनि कोरोना संक्रमितको संख्या अत्याधिक भए पछि एक हप्ताको लागी सिमित स्थान हेरेर लकडाउन गरिएको छ । जिल्लामा संक्रमितको संख्या झनै बढदै गएपछि फेरी थप्नु पर्ने देखिन्छ तर अहिले सम्म जिल्ला प्रशासनले केही निर्णय लिएको छैन ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढन थाले पछि बिहाना बेलुका काम गरेर खानेहरु रोगले भन्दा भोक्ले मर्ने लागेको बताउछन् । उता संक्रमितहरु लाई पनि अक्सिजनको अभाव हस्पिटलमा ठाँउ नभए पछि धेरै मानिसको मुत्यृ हुन थालेको छ । इलाका प्रहरी कार्यालय बनेपाले अक्सिजनको अभाव नहोस् भनेर बनेपा क्षेत्रमा प्रयोग बिहिन अवस्थामा रहेका खाली अक्सिजन शिलिण्डर संकलन कार्यको सुरुवात गरिएको इप्रक बनेपाका प्रमुख प्रहरी निरिक्षक राजन कोइरालाले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो अक्सिजन ग्यास सिलिण्डरको अभाव भैरहेको बेला काभ्रे अटोमेकानिक्स ब्यवशायी संघ, बनेपाको अगुवाई तथा ई.प्र.का.बनेपाको सहकार्यमा सानो प्रयास स्वरुप बनेपा बजार क्षेत्रमा प्रयोग बिहिन अबस्थामा रहेका विभिन्न साइजका १०० थान भन्दा बढि खाली अक्सिजन शिलिण्डर संकलन गरिएको छ ।

अक्सिजन शिलिण्डर भर्नेकाम सम्पन्न पश्चात् आवश्यकता हेरेर बितरण गरिनुको साथै खाली अक्सिजन शिलिण्डर संकलनकार्य जारी रहेको बताउनु भयो ।