काभ्रेपलान्चोक – रोशी गाउँपालिकाको वडा नं ३ को वडा कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
गाउँपालिका प्रमुख डिबि लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले भने मेरो कार्यकालमा वडा न ३ लाई शिक्षा, स्वास्थ्य , सिचाइ , पर्यटन, बाटोलाई विशेष प्राथमिकतामा राखेर काम गरेको र भर्खरै समाजिक संजालमा भाइरल भएको तीन धारे झर्नाको बिकासका लागी विशेष बजेट छुट्याएर काम गरेको बताए । उनले रोशी अस्थायी अस्पताल फलामेसाघुमा निर्माण कार्य अगाडि बढाएको समेत जानकारी दिए ।
कार्यक्रममा सभापति वडा न ३ का वडा अध्यक्ष धनजित लामाले गाउँपालिकामा अरु वडाले भन्दा पहिलो पटक आफ्नै वडाको कार्यालय बनाइ उत्घाट्न गरेको र अब सबैभन्दा राम्रो कार्य सम्पादन गरि उदाहरणीय वडा बनाउन लागि परेको जानकारी दिए । अध्यक्ष लामाले भने सबै क्षेत्र लाई बजेट छुट्याइएको छ । स्वास्थ्य , पर्यटन, बाटोलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।
कार्यक्रम संचालन वडा सचीव सुनिल शाहीले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य सीता लामाले राखेकी थिइन् ।
कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष एवम् गाउँपालिकाको प्रबक्ता पदम लामा, पत्रकार दिपक राउत, वडा नं १ को वडा अध्यक्ष श्रीदास लामा, वडा नं १ को वडा सचिब मधुसूदन पन्धी, वडा सदस्यहरु धनवीर लामा , भिम बहादुर लामा, शुशिला परियार लगायत स्थानीय शिक्षक, विभिन्न दलका प्रतिनिधि र स्थानीय वसिहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा न ३ को वडा कार्यालय बनाउन शान्ति मन्त्रालय बाट १० लाख (२६ लाख ५० हजारमा) जिल्ला समन्वय समिति बाट ६० प्रतिशत र गाउँपालिका बाट ४० प्रतिशत गरि जम्मा ३६ लाख ५० को लागतमा के. एल.बिल्डर्सले निर्माण सम्पन्न गरेको वडा अध्यक्ष धनजित लामाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा वडा सदस्य भिम बहादुर लामाले भवन निर्माण र शौचालयको बिषयमा असन्तुष्टी जनाए पछि विवाद भएको थियो ।