Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

नेपालमै पहिलो प्रस्तुती, गीतकार समिरले ल्याए मैथली भाषामा रमजान के महिना (भिडियो सहित)

Saturday, April 17, 2021 National Power

काठमाण्डौ – रमजानको महिना सुरु हुनै लाग्दा गीतकार समिर खानको रमजानके महिना सार्वजनिक भएको छ । नेपालमै पहिलो पटक मैथली भाषामा बनेको रमजान के महिना बोलको गीत ईश्लामीक धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानलाई लक्षित गरि सार्वजनिक गरिएको छ । मैथली भाषामा माया प्रेम चाडपर्व लगायत विभिन्न किसिमका गीतहरुमा कलम चलाउदै आएका गीतकार खानको मुश्लिम धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानको विषयमा रचना गरिएको खानको यो पहिलो प्रस्तुती मात्रै नभएर नेपालमै पहिलो पटक मैथली भाषामा तयार भएको छ ।

आदित्य अजय र अनुमा चौधरीको स्वर रहेको गीतमा पारसमणीको संगीत रहेको छ भने बिट स्टुडियोमा रेकर्डिङ गरिएको छ । आदित्य अजयको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन कामेश्वर परदेशीले गरेका हुन । भिडियोमा मुस्तकीम आलम,आदित्य अजय,अनुषा चौधरी,पप्पू यादव,निरुता, एलिशा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।