Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

‘मिस टिन २०२१ प्रदेश १’ को उपाधी साम्राज्ञी शर्माको हातमा

Friday, April 16, 2021 Devil Singh Rajput

काठमाडौँ — वैशाख ३, २०७८।

ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न ‘मिस टिन २०२१ प्रदेश १’ को शिर्ष ताज हल्दिवारीकी साम्राज्ञी शर्माले पहिरिएकी छिन् ।

मंगलवार विर्तामोडमा सम्पन्न भएको ग्राण्ड फिनालेमा शर्माले उपाधि सहित नगद रु ५० हजार सहित अध्ययनका लागि छात्रबृत्ति समेत हात पर्न सफल भएकी छिन्।

त्यसैगरी, प्रतियोगिताको फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद रु २० हजार र रु १५ हजारसँगै ट्रफि अध्ययन छात्रवृत्ती प्राप्त गरेको आयोजक संस्था ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रनित पुडासैनीले जनाए्का छन ।

उक्त सौन्दर्य प्रतियोगितामा प्रदेश नं १ का कुल २१ जना प्रतिस्पर्धीहरुले आफ्नो सहभागीता जनाएका थिए ।