Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अपन स्वर्ग नेपालको बहुभाषिक सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

Friday, April 16, 2021 National Power

इनरुवा – सुनसरीको इनरुवा–२ बिहिवारे हाटमा चैत्र ३० गते सोमवार बहुभाषिक सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवाको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा एक दिने बहुभाषिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

बहुभाषिक सांस्कृति कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति एव १ नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, बिशिष्ट अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको संयोजक नेपाल सांस्कृतिक संघ सुनसरीका सभापति जगदिश मेहताले इनरुवामा पहिलो पटक बहुभाषिक सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पनन भएकोमा खुशी लागेको बताए । सबै जातिजातिको कलाकारहरुले आ–आफनो प्रतिभा देखाउनका लागि यस्ता कार्यक्रमहरु संचालन भेरहनु पर्ने र जसको अगुवाई अपन स्वर्ग नेपाल जस्ता संसथाहरुले गर्नु पर्ने सहभागीहरुले वताएका थिए ।

स्थानीय कलाकारदेखी राष्ट्रिय स्तरसम्मका कलाकारहरुले आआफनो प्रतिभा प्रस्तुत गर्नेको लागी अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवा सदैव तत्पर रहेको अध्यक्ष झोटन मेहताले बताए ।

बहुभाषिक सांस्कृतिक कार्यक्रमले नेपाल कला र संस्कृतिको विश्वव्यापी रुपमा प्रर्वद्धन गर्ने, नेपालका उत्कृष्ट पर्यटकीय स्थलहरुको विश्वव्यापी रुपमा प्रर्वद्धन गर्ने, उत्कृष्ट कार्य गर्ने कलाकर्मी, संचारकर्मी, समाजसेवी, पर्यटन प्रवद्र्धनमा काम गर्ने व्यक्ति तथा संस्थाहरु लगायत मानव कल्याण समाजिक हितका लागि काम गर्ने विश्वका जो कोही व्यक्तिहरु र संस्थाहरुलाई प्रोत्साहन एवं सम्मान गर्ने, हिमाल, पहाड र तराई, कोही छैन पराई भन्ने मुल्य मान्यता स्थापित गर्ने र कला संस्कृतिको माध्यमबाट आम मानिसहरु एकताको सुत्रमा बाँध्ने आयोजक संस्थाका अध्यक्ष मेहताले दावी गरेका छन् ।

कार्यक्रममा रुद्रशेन विश्वकर्मा, संजिव सम्राट, बिजय पण्डित, पुजा दाहाल, कासी चौधरी, होम भट्टराई, निर्मल दास, प्रकाश अनुराग लगायतका कलाकारहरुले कला, संस्कृति, परम्परालाई संरक्षण र सम्वद्र्धन गर्ने विभिन्न किसिमका प्रतिभा देखाएका थिए ।