Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली

Thursday, April 15, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भन्दै कारबाहीको चेतावनी दिएका छन् । उनले कुनैपनि प्रकारको अस्वाभाविक ढिलाई सह्य हुन नसक्ने समेत बताए ।

‘अपर तामाकोशीमा अस्वाभाविक र असाधारण तरिकाले काममा ढिलाई भइरहेको छ,’ प्रधानमन्त्री ओलीले नापी विभागमा आयोजित कार्यक्रममा भने,‘पाइप फुटेजत्तिको काम बाँकी छ तर ढिलासुस्ती भइरहेको छ ।’

अपर तामाकोशीमा ढिलाई हुँदा दैनिक १३ करोड नोक्शान भइरहेको बताए । उनले भने,‘देशभित्र या बाहिरका जोकोही ठेकेदार हुन् अब सह्य र मान्य हुनेछैन, ढिलासुस्ती गर्नेले आफै क्षति व्यहोर्नुपर्छ ।’ ओलीले अस्वाभाविक ढिलाई गर्नेलाई कारबाही गर्ने समेत चेतावनी दिए ।

मेशिन जडानमा एक वर्ष अघि सोध्दा, एक महिना अघि सोध्दा र केही दिन अघि सोध्दा एउटै जवाफ पाउने गरेको ओलीको भनाई थियो । विगतमा मेलम्ची खानेपानी आयोजनामा पनि ताकेता गरेकाले खानेपानी आइपुगेको बताए ।