Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

Tuesday, April 13, 2021 National Power

काठमाण्डौ – समुन्नत महिला मञ्चको आयोजनामा क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । काठमाण्डौको चुच्चेपाटीमा आयोजना गरिएको कार्यक्रममा स्तन क्यान्सर र पाठेघर को मुखको क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गत शनिबार सम्पन्न गरिएको कार्यक्रममा मनास्लु ब्लड कलेजका सञ्चालक ज्ञानेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवाका क्षेत्रमा कार्यरत महिलाहरुका साथै गरिव तथा पिडित महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै समुन्नत महिला मञ्चकी अध्यक्ष शोमा खत्रीले सचेतनाको कमीका कारण अहिले पाठेघर तथा स्तनको क्यान्सर हुने गरेको बताउनुभयो । स्तन तथा पाठेघरमा कुनै पनि समस्या आएमा चाडो भन्दा चाडो डाक्टरको सम्पर्कमा जान समेत सुझाउनुभयो ।