Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

Tuesday, April 13, 2021 National Power

काठमाण्डौ – समुन्नत महिला मञ्चको आयोजनामा क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । काठमाण्डौको चुच्चेपाटीमा आयोजना गरिएको कार्यक्रममा स्तन क्यान्सर र पाठेघर को मुखको क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गत शनिबार सम्पन्न गरिएको कार्यक्रममा मनास्लु ब्लड कलेजका सञ्चालक ज्ञानेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवाका क्षेत्रमा कार्यरत महिलाहरुका साथै गरिव तथा पिडित महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै समुन्नत महिला मञ्चकी अध्यक्ष शोमा खत्रीले सचेतनाको कमीका कारण अहिले पाठेघर तथा स्तनको क्यान्सर हुने गरेको बताउनुभयो । स्तन तथा पाठेघरमा कुनै पनि समस्या आएमा चाडो भन्दा चाडो डाक्टरको सम्पर्कमा जान समेत सुझाउनुभयो ।