Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

राजकिशोर यादवको प्रश्न : नेपाली कांग्रेस हाम्रो लागि तयार नहुने, अनि हामी उसको लागि तयार भइदिनुपर्ने ?

Sunday, April 4, 2021 National Power

काठमाडौं-जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढिलै भएपनि सकारात्मक र राम्रो निर्णय गरेको भन्दै स्वागत गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर गरेको निर्णय सकारात्मक भएपनि सरकार बनाउनको लागि अरुको सहयोग लिनुपर्नेपनि यादवले स्पष्ट पारे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुको माग पूरा हुनुपर्नेमा पनि जोड दिए । सरकार कसरी बनाउने भन्नेबारे कांग्रेस सम्वादमा आए आफूहरु तयार रहेको र सोहीअनुसार निश्कर्षमा पुग्नेपनि उनले विश्वास दिलाए । यादवले सरकार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको र जसपा त्यसको पछि कुदिहाल्नुपर्ने कुनै कारण पनि नरहेको जिकिर गरे ।

जसपा सरकारमा नजाँदा मुलुक अनिर्णयको बन्दी बन्ने स्थिति बनेको उल्लेख गर्दै उनले आफ्नो पार्टीको कारणले मुलुक अनिर्णयको बन्दी नबन्ने र उपलब्धि हानी हुने काम नगर्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने पनि स्पष्ट पारे । उनले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले किन फिर्ता नलिएको भन्दै प्रश्न गरे । उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिमात्रै परिस्थिति परिपक्व हुने र जसपाले निर्णय लिने पनि जानकारी दिए ।