Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कोभिड खोपका लागि विश्व बैंकद्वारा ७.५ करोड अमेरिकी डलर सहयोग

Saturday, April 3, 2021 National Power

काठमाडौं- जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर (करीब ८ दशमलव ७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय( सान्दर्भिक सहयोग पुर्‍याउने अर्थसचिव शिशीर कुमार ढुंगानाले बताए ।

उनका अनुसार कोभिड( १९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड( १९ विरुद्धका खोपहरूको खरीदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोपसेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ।”

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलव ९ करोड अमेरिकी डलर (३ दशमलव ३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीआयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने छन्।