Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

कोभिड खोपका लागि विश्व बैंकद्वारा ७.५ करोड अमेरिकी डलर सहयोग

Saturday, April 3, 2021 National Power

काठमाडौं- जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर (करीब ८ दशमलव ७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय( सान्दर्भिक सहयोग पुर्‍याउने अर्थसचिव शिशीर कुमार ढुंगानाले बताए ।

उनका अनुसार कोभिड( १९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड( १९ विरुद्धका खोपहरूको खरीदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोपसेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ।”

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलव ९ करोड अमेरिकी डलर (३ दशमलव ३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीआयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने छन्।