Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

बिस्केट जात्रा मनाउने तयारी, रथ निर्माण जारी

Saturday, April 3, 2021 National Power

काठमाडौं – कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ ।

परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो ।

आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।

यस वर्ष समेत कोरोना संक्रमणको जोखिम कायमै रहे पनि सुरक्षित र मर्यादित ढंगले बिस्केट जात्रा मनाएर परम्परालाई निरन्तरता दिने तयारी गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बताए ।

बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।