Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

घाँस काट्न गएका सातजना किशोरी वेपत्ता

Wednesday, March 31, 2021 National Power


महोत्तरी-महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी एकाएक सम्पर्क विहीन भएका छन् । जिल्लाको भंगहा नगरपालिका वडा नं ८ धर्मपुर पासमानका एकै टोलका सातैजना किशोरी बेपत्ता भएका छन् । प्रारम्भीक जानकारी अनुसार किशोरी वडा नं ९ अजगेवा चौरी क्षेत्रमा मंगलबार घाँस काट्न गएका थिए ।

उनीहरु साँझसम्म पनि घर नफर्किएपछि हराएको पत्ता लागेको थियो । प्रहरीले बेपत्ताहरुको खोजिकार्य सुरु गरेको जनाएको छ । हालसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

दिउँसो घास काट्न गएको र राती सम्म घर नफर्केपछि प्रहरी र परिवारजनले खोजी कार्यमा जुटेका थिए । आफन्तले आसपासको स्थानियलाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । वेपत्ता हुनेमा सिमा पासवान, रञ्जन पासवान, जयोती पासवान, रिया पासवान,अर्चना पासवान, नगीना पासवान, र असमिता पासवान रहेका छन् ।