Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

सुदुरपश्चिम प्रदेश सरकार फेर्नुपर्छ-मन्त्री भट्ट

Friday, March 26, 2021 National Power

डोटी -सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री भट्टले भने ‘हामी यहाँको नेतृत्व आएका छौँ, अब छलफल गर्छौँ ।’ वर्तमान सरकारले गति लिन नसकेको समेत मन्त्री भट्टले बताए । उनले आम जनताले पनि यो सरकार फाल्नु पर्ने बिचार राखेको दावी गरे ।

मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको भए पनि तत्काल लकडाउन भने नहुने बताए। ‘अहिल्यै लकडाउन हुँदैन’ उनले भने, ‘थप सतर्कता अपनाउने तयारी छ।