Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कैलालीमा पत्रकार महासंघको ज्यादती, आफ्नै कार्यालयमा तालाबन्दी गर्न बाध्य पत्रकार

Friday, March 26, 2021 National Power

धनगढी- नेपाल पत्रकार महासंघ कैलाली शाखाका कार्य समिति सदस्य ठागुराम कठरियाले सदस्यता खारेजको विषयलाई लिएर महासंघमा तालाबन्दी गरेका छन् ।

थारु पत्रकार मात्रै नभएर अन्य ३३ जना पत्रकारको सदस्यता विना जानकारी खारेज गरिएको छ । यस विषयलाई लिएर केन्द्रिय कार्यलय तिलगंगा, प्रदेश कार्यलय र जिल्ला कार्यलय कैलालीमा समेत उजुरी परेका छन् ।

उनले सदस्यता नवीकरण विषय सम्बन्धी महासंघले आफूलाई कुनै जानकारी समेत नदिई सदस्यता खारेज गरेको विज्ञप्तिमा जनाएको छ । कठरियाले पत्रकार महासंघको विधि, विधान मिची एकलौटी रुपमा गरिएको निर्णयलाई तुरुन्त सच्याउन महासंघलाई आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तिको सदस्यता खारेज गरिनु आदिवासी जनजाति पत्रकार माथि षड्यन्त्रपूर्ण व्यवहार गरेको कठरियाकले बताए । नेपाल पत्रकार महासंघ कैलालीमा २७ जना थारु पत्रकार महासंघको साधारण सदस्य रहेकोमा हाल समितिमा रहेका रविना चौधरीसहित सात जना थारु पत्रकारको सदस्यता खारेज गरिएको छ ।