Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

Sunday, March 21, 2021 Devil Singh Rajput

काठमाडौँ — चैत्र ८, २०७७।

सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो ।

सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत हुनुुहुन्छ ।

त्यसै शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन , श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल , सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक स न्तोषी शाही ठकुरी , व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन , इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी , पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालीका प्रहरी प्रमुख सिताराम हाछेथु , समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सरहानीय रहेको बताउनुुभयो । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन लागि परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुुलुुकलाई सम्पूर्ण नेपाली जनता खुसी हुने अवस्थामा पु¥याउनुपर्ने बताउनुुभयो ।

सम्मानित व्यक्तित्व तथा एकल महिला नेपालको संस्थापक अध्यक्ष लिली थापाले समाजसेवामा जस्तो आत्मसन्तुष्टि अन्य क्षेत्रमा नपाइने अनुुभव सुनाउनुुभएको थियो । सम्मानले आफूलाई सामाजिक सेवामा तल्लीन हुन थप हौसला मिलेको उहाँको भनाइ थियो ।
अर्का अवार्ड प्राप्त गर्ने व्यक्तित्व एवं सफाइ अभियान्ता केपी खनालले मुलुकको समृद्धिका लागि सरकारको मात्र मुख ताक्न नहुुने बताउनुुभयो । यातायात विज्ञ देवेन्द्र प्रधानले सम्मानबाट सामाजिक क्षेत्रमा लाग्न उत्प्रेरणा थपेको बताउनुुभयो । सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताउनुुभयो । कार्यक्रममा कलाकारहरुले सांस्कृति प्रस्तुति देखाएका थिए ।