काठमाडौं-तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने भएका छन् । उनले ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने सहमति बनेको हो ।
तीन नेताबीचको बैठकमा गौतमलाई ओलीविरोधी मोर्चाको संयोजक रहन प्रस्ताव भएको थियो । त्यसमा गौतम सकारात्मक रहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार एमालेभित्रै सकेसम्म संघर्ष गर्ने नभए विकल्प समेत तयार गरेर कठोर कदम चाल्ने गरी वामदेवलाई संयोजक बनाउन लागिएको हो । ओलीविरुद्ध एकजुट भएका नेताहरुले पार्टी विभाजनसम्मको तयारी गरेको विश्वस्त स्रोतले बताएको छ ।
प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर भएपनि अगाडि बढ्ने रणनीति नेताहरुले बताएका छन् । त्यसका लागि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको गृहकार्य समेत भएको छ ।