Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०’ अवार्ड क्वेस्ट ईभेन्ट मेनेजमेन्टलाई

Wednesday, March 10, 2021 Devil Singh Rajput

काठमाडौँ — फाल्गुन २६, २०७७।

शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ मा क्वेस्ट ईभेन्ट मेनेजमेन्ट ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्डबाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको थियो।

अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

विगत लामो समयदेखि सौन्दर्य प्रतियोगिता लगायत क्वेस्ट ग्रुपमार्फत क्वेस्ट एजुकेशन इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी, क्वेस्ट गोर्खा एकेडेमी, फेशन क्वेस्ट बुटिक संचालन गर्दै ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली लाई नेपाली सौन्दर्य प्रतियोगिताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कण गर्दै यस वर्षको ‘मोडल सङ्ग्स अवार्ड २०२०’ मा ‘‘बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी,२०२०” अवार्ड प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए।