Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मिस्टर एन्ड मिस रौनियारको प्रतियोगीको ट्यालेन्ट शो

Sunday, March 7, 2021 National Power


काठमाडौं-मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कविता बाचन, बतृत्वकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् ।
एमी इन्टरटेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् । जस मध्य ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका जमल स्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन् ।
ट्यालेन्ट शोमा प्रतियोगीहरु आँचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए ।
सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाईन् । यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरी माथिको कविता आकर्षक थियो । नन्दिनी रौनियारले नारी यौन हिन्साबारे आफ्नो बिचार राखिन् ।
ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अँकित रौनियारले विभिन्न गीतहरु गाएर आफ्नो प्रतिभा देखाए ।
ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की बिजेता प्रिती रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए ।
राजन रौनियार र एमी रौनियारद्धारा आयोजित दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागनु शनिबार नाचघरमा एक समारोहबीच हुनेछ । यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।