Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली

Monday, March 1, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि यतिवेला सम्पूर्ण रुपले प्रहार भएको भन्दै शारीरिक हमला नै भयो र भोलि ज्यान तलमाथि भयो भनेपनि अनौठो नमान्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो गम्भीर कुरा गरेका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । म रहिनँ भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तीनका मतियाहरुसँग घुँडा टेक्नुहुँदैन् । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।’