Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Friday, February 26, 2021 National Power


काठमाण्डौ -प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।