Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे

Thursday, February 25, 2021 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् । उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेका छन् ।

विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरेका थिए ।

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए ।

नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन् । उनले एकता अभियान चलाउँदै आएका छन् । पछिल्लो समय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।