Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ

Thursday, February 25, 2021 National Power

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने गरेको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिलाई कुनै धक्का नलागेको टिप्पणी गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको पक्षमा नै जनता रहेको दाबी गरे । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले सत्ता लिप्सा देखाएको गम्भीर आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालहरुले खाएको लड्डु अब दुई चार दिनभित्रै तितो हुने पनि उनको टिप्पणी छ ।