काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना नहुने ठोकुवा गरेका छन् तर, केहीगरी पूनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने टिप्पणी गरेका छन् । आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं उनले यस्तो बताएका हुन् । उनले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको भन्दै संसद पूनःस्थापना भएपनि केही फरक नपर्ने खालको अभिव्यक्ति दिए ।