Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

प्रचण्ड–माधव पक्षबीच ५०–५० प्रतिशत भागबण्डा

Monday, February 22, 2021 National Power

काठमाडौं -ओली पक्ष बहिर्गमनमा परेपछि नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ ।  प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।