Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

उच्च व्यक्तित्व सम्मानबाट समाजसेवी विदुर शर्मा सम्मानित

Thursday, February 18, 2021 National Power

काठमाण्डौ – दोलखा जिल्लाका स्थायी बासिन्दा हुन विदुर शर्मा, विषेशत व्यवसायीक पृष्ठभुमीका शर्मा समाज सेवामा पनि उत्तिकै जुझारु र सक्रिय रहेका छन् । पछिल्लो समय कोभिड १९ का कारणले खान र आवासले अलपत्र परेका नेपालीहरुलाई उनले व्यक्तिगत खर्चमा खाने व्यस्था मिलाएका थिए भने दोलखाका स्थानिय मानिसहरुलाई राजधानी काठमाण्डौ देखि लाखौं रुपैया खर्च गरेर यातायातको व्यस्था गरि अलपत्र परेका दोलखाली र छिमेकी जिल्लाका मानिसहरुको समेत उद्धार गरेका थिए । सोही समय देखि समाज सेवाका क्षेत्रमा समेत शर्माले चर्चा कमाएका थिए ।

विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव अवसरमा समाजसेवी शर्मालाई उच्च व्यक्तित्व सम्मान द्धारा सम्मानीत गरिएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा, अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मी अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।