Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गएपनि छोडिन्न, विश्वको कुनै भागमा भागेर पुगेपनि छोडिनेछैन् : प्रधानमन्त्री ओली

Sunday, February 14, 2021 National Power

सम्बोधनको क्रममा उनले भने,‘अब हाम्रा दिदिबिहनीहरुलाई लाञ्छित गर्ने, आरोपित गर्ने, अथवा होच्याउने खालका दृष्टिकोणहरु लिनुहुँदैन् । हाम्रा आमा दिदिबहीनीहरुलाई बोक्सी भन्ने चलन अहिलेपनि गाउँघरमा कताकतै छ । त्यस्तो भ्रम अब हुन दिनुहुँदैन् । हामीले सम्झाउनुपर्नेछ । विभिन्न गलत प्रकारका कुप्रथाहरु, दहेजजस्ता अरु कुकप्रथाहरु, यस्ता प्रथाहरुलाई पनि हामीले जनतालाई सम्झाई बुझाई गरेर हटाउनुपर्छ ।
समाजमा अहिलेपनि केही क्रिमिनल तत्वहरु, सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशिल भएको देखिन्छ । निर्मला हत्या काण्डजस्ता घट्नाहरु, अहिले फेरि भागरथी हत्या काण्डजस्ता घट्नाहरु घटाउने अपराधीहरु, तपाईँहरुको अगाडि भन्न चाहन्छु निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने काण्ड होस अथवा भागरथी हत्या काण्ड होस, यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गएपनि छोडिने छैन् । विश्वका कुनै भागमा भागेर पुगेपनि छोडिनेछैन् । खोजेर ल्याएर भएपनि उनीहरुलाई कानूनी दायरामा राखिनेछ । कारबाही गरेर छोडिनेछ । दुई दिन चार दिन उम्किएला, तर सजाय पूरापुरका गरेर छोड्ने छैनौं । भागरथी र निर्मला हत्याका अपराधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं ।’