Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

आफू करोडौंको पार्टी गर्ने अनि निर्माणाधिन माझी बस्तीको लागि सहयोग याचना !

Saturday, February 13, 2021 National Power

काठमाडौं- नायिका स्वेता खड्काले निर्माणाधिन माझी बस्तीको लागि सहयोग गर्छु भन्नेहरुले सहयोग नगरेको गुनासो सामाजिक सञ्जालमा गरेपछि अहिले उनको बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ। खड्काले आफूहरुले कुनै जोर जबरजस्ती नगरिकनै पनि स्वतःस्र्फूत रुपमा सहयोग कबुल गरेका तर अहिलेसम्म कुनै सहयोग नगरेको लिष्ट लामै रहेको कुरा लेखेकी थिईन् । तर, उनका फ्यानहरुले नै उनीमाथि प्रश्न गरेका छन् । आफू करोडौं खर्च गरेर विहे भोजमा सरिक हुने तर माझी वस्तीको लागि सहयोगको याचना गर्ने भनेर प्रश्न समेत फ्यानले उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् “धुर्मुस सुन्तली फाउण्डेशनु को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वस्तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान , धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन । तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने, बाचा, पुर्ती गर्न नसक्ने , आस्वासन र दिन नसक्ने , सहयोगको कुनै अर्थ छैन । अत स् आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।”

उनले धनगढीका युवा विजेयन्द्रसँग हालै विवाह गरेकी हुन् । उनीहरुले काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा भव्य विवाह गरेका थिए भने काठमाडौं र धनगढीमा पनि भव्य विहे भोजको आयोजना गरेका थिए । कोरोना कहरको बेला उनीहरुले करोडौं खर्च गरेर विवाह गरे । त्यतिवेला माझी बस्तीको लागि केही पनि सोचेनन् । अहिले बस्ती निर्माणमा रकम अभाव भएको भन्दै सामाजिक सञ्जालमा भने रोईरहेकी छिन् ।