काभ्रेपलान्चोक – जिल्लाको कर्णाली भनेर चिनिने दुर्गम डाॅंडापारि खानीखोला गाउॅंपालिका-४ फुलडाँडा पथरचोकका फुटबल खेलाडीहरुलाई पनौतिमा जर्सी वितरण गरिएको छ ।
गाउॅंमै रहेर खेल क्षेत्रमा रुची राख्ने १३ जना फुटबल खेलाडीहरुलाई बिहिवार जर्सी वितरण गरिएको हो । धुलिखेल -४ निवासी समाजसेवी तथा युवा नेता श्रीराम थापा र झम्क गौतमको सहयोगमा १३ सेट जर्सी एक कार्यक्रमका बिच खुसी समाज युवा क्लवका अध्यक्ष इकमान लामालाई हस्तान्तरण गरेका हुन ।
उक्त हस्तान्तरण कार्यक्रममा नेकपा काभ्रेका प्रभावशाली नेता दैवलाल घिसिङ(अनुशील)ले खेलकुद सामाग्री उपलब्ध गरि दुर्गम बस्तीका खेलाडीलाई सहयोग गर्नुभएकोमा श्रीराम थापा र झम्क गौतमलाई बिशेष धन्यवाद व्यक्त गरे ।
सहयोगी श्रीराम थापाले दुर्गमका खेलाडीहरुलाई सहयोग गर्न पाएको खुसी व्यक्त गर्दै गाउँ पालिकाको सबै वडाहरुमा खेलाडीहरुलाई जर्सी र खेलकुद सामाग्री वितरण गर्ने जानकारी दिए । खेलकुद सामाग्री उपलब्ध गरि सहयोग गर्ने दाताहरु सहयोग गर्न सहज गरि दिनुहुने मानुभावलाई क्लबका अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा नेकपाका काभ्रेका युवा नेताकार्यकर्ता हरुको बाक्लै उपस्थिति रहेको थियो यसअघि श्रीराम थापा र झम्क गौतमले डाॅंडापारिका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत वितरण गरेको थियो ।