Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बाइडेनले गरे सी चिनफिङसँग टेलिफोनमा कुरा

Thursday, February 11, 2021 National Power

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरूबीच केही समयअघि कुराकानी भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको साउथ चाइना मर्निङ पोष्टले पनि उल्लेख गरेको छ । यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो रहेको छ । यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ।

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा के/के छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका छन् ।