बनेपा – पथरी शनिश्चरे ३ मोरङ्ग जिल्लामा जन्मनुभएको लोक दोहोरी गायक गंगा प्रसाद घिमिरे आज भोलि गित संगित क्षेत्रमा निकै व्यस्त देखिनु हुन्छ । गाउँ, घर उकाली, ओराली, भन्ज्याङ्ग चौतारी जताततै जाँदा सानै देखि लोक गीत गुनगुनाउने गर्दथे । मोरङ्गमा नै बाल्यकाल बिताएका गंगा प्रसाद घिमिरेले काठमाण्डौँ बाट अंगे्रजी बिषयमा स्नात्तकोर पास गरेर हाल नर्वेलाई आफ्नो कर्मथलो बनाएर काम गरिरहेका छन् । स्कुल पढदा थुप्रै कार्यक्रममा सहभागिता जनाई अग्रस्थान हासिल गरेर विभिन्न पुरस्कार समेत प्राप्त गरेका घिमिरेले अनौपचारिक रुपमा सांगीतिक क्षेत्रमा सानै देखि लागेको भए पनि उनको सांगीतिक सुभारम्भ “पुर्बेली मायाले“ गित बाट भयो । बुबा देबी प्रसाद घिमिरे र आमा राधिका घिमिरेको कोख बाट जन्मलिएर पछिल्लो समयमा लोक सांगीतिक क्षेत्रमा एक सफल गायकको रुपमा आफुलाई परिचित गराउने क्रममा छन् । परिवारमा बुबा आमा पनि लोक गीत गाउने हुनाले उहाँहरुको प्रेरणा,साथ र सहयोगले नै लोक संगीत प्रति झुकाब बढेको बताउँछन् । गायक घिमिरे घरदेशमा हुँदा मात्र नभएर परदेशमा रहंदा पनि नेपाली संगीतका विभिन्न विधा मार्फत आफुलाई प्रस्तुत गर्ने क्रममा रहेका छन् । चट्ट कपाल, पैलेको जस्तो लालज्योती, मादलुको घिन्ताङ, सिरै माथी सिरफुल, राम राम रेलि सिक्री, दुई चुल्ठी बाटेर, पुर्ब पश्चिम रेल केही दिनमा उनै घिमिरेको आवाजमा सात वटा गित बजारमा आउदै छ । नेपाली संगीत क्षेत्रमा लगानी गर्ने र आफ्नो कला प्रस्तुत गर्ने ठुलै जमात देख्न सक्छौं । युरोपको एक देश नर्वेमा रहेर लोक संस्कृतिको जगेर्नाको निमित्त लागि परेका गायक तथा सर्जक गंगा प्रसाद घिमिरे हाल नर्वेमा अध्यनरत र कामको शिलशिलामा रहेका छन् । प्रबासको विभिन्न कार्यक्रमहरुको व्यस्तता संगै नेपाली सांगीतिक क्षेत्रमा पनि उनी त्यत्तिकै व्यस्त देखिन थालेका छन् । “पुर्बेली मायाले“ बोलको पहिलो गित बाट नै अशंख्य श्रोता तथा दर्शकहरुको माया पाएर उनलाई गित संगित प्रति झन मोह बढदै गएको र निकै उर्जा थपिएको कारणले अहिले निरन्तर रुपमा यस क्षेत्रमा सर्मपित रहेको बताएका छन् ।
देश तथा बिदेशमा हुने विभिन्न अवार्ड कार्यक्रमहरुबाट समेत सम्मानित भैसकेका घिमिरे, पछिल्लो समयमा “पुर्बेली मायाले“ बोलको गीतबाट एपिक म्युजिक अवार्ड सर्वउकृष्ट पुर्बेली गीतको शिर्सकबाट सम्मानित भैसकेका छन् भने आज मात्रै नाटयश्वर म्युजिक अवार्ड बाट पनि वर्षको नै सर्वउकृष्ट लोक दोहोरी गायकाको अवार्ड हात पारेका छन् । अमेरिकाको न्युवोर्कमा सन् २०१९ मा सम्पन्न भएको वोर्ल्ड नेपाली म्युजिक अवार्डमा लोक दोहोरी अन्तर्गत “बिन्दास जिउने हो“ बोलको गीत बाट पनि उकृष्ट १० को नोमिनेशनमा पर्न सफल भएका थिए ।
लोकगीत मार्फत आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्न रुचाउने उनको तेश्रो गीत “नाच मारुनी“ हो । यस गीतले मौलिक संस्कृति जोगाउन कोशेढुंगा साबित भएको उनि बताउँछन् । उनका गीतले मनोरंजन लगायत समाजमा रहेका विकृति, बसंगति कुरुती हटाई जनचेतना जगाउन पनि ठुलै भूमिका निर्वाह गरेको देख्न सकिन्छ । शंख्यात्मक भन्दा पनि गुणस्तरीय गीत संगीतमा विश्वास गर्ने घिमिरे भन्छन कला र गला भए जुनसुकै परिस्थितिमा आफ्नो सांगीतिक यात्रा अगाडी बढाउन सकिन्छ । आफ्नो लोक संस्कृति जोगाउन निरन्तर लागिपरेका होनाहार गायक तथा सर्जक गंगा प्रसाद घिमिरेसँग नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको बिशेष कुराकानी
० आज भोली केमा व्यस्त हुनुहुन्छ ?
आज भोली बिशेष गरी गित संगितमा नै व्यस्त छु । बिभिन्न कार्यक्रम संचालन भैरहेका छन् कार्यक्रम तिर पनि गैरहेको छु । हिजो मात्रै नाटयश्वर म्युजिक अवार्ड भएको थियो त्यसमा पनि वर्षको नै लोक दोहोरी सर्वउकृष्ट गायकको अवार्ड हात पर्न सफल भए । मेरो पाँच सात वटा गित चट्ट कपाल, पैलेको जस्तो लालज्योती, मादलुको घिन्ताङ, सिरै माथी सिरफुल, राम राम रेलि सिक्री, दुई चुल्ठी बाटेर, पुर्ब पश्चिम रेल गितहरु रेकर्ड भैसकेको छ र केही दिनमा नै बजारमा ल्याउने तयारी भैरहेको छ यता तिर नै व्यस्त छु ।
० गित संगितमा लाग्ने सोच बिचार कता बाट आयो ?
गाउँ, घर उकाली, ओराली, भन्ज्याङ्ग चौतारी जताततै जाँदा सानै देखि लोक गीत गुनगुनाउने गरेको थिए । स्कुलमा कार्यक्रम हुदाँ, गाउँ घर तिर मेला महोत्सब हुदाँ भाग लिएर प्रथम स्थान हाँसिल गरेका धेरै उदाहरण छन् । बिशेष गरी परिवारमा बुबा आमा पनि लोक गीत गाउने हुनाले उहाँहरुको प्रेरणा,साथ र सहयोगले नै लोक संगीत प्रति झुकाब बढेको कारण अहिले म यो स्थान सम्म आइपुगेको छु ।
० तपाईलाई गित गाउन कतिको गार्यो लाग्यो पहिलो गित कुन हो ?
मैले पहिला नै भनिसके मेरो परिवारको आमा बुबा पनि गायनमा हुनुहुन्छ । यसो हुदाँ मैले उहाँहरु बाट धेरै कुरा सिक्ने अवसर पाए । त्यही भएर धेरै गार्यो भएन । गित संगित समबन्धि सानै उमेर देखी चाहाना रुचि बढदै गएकोले गाउँ घर तिर मेला महोत्सव हुदाँ, स्कुलमा गायन प्रतियोगिता हुदाँ भाग लिएर प्रथम भएको थिए । यसरी नै बिस्तारै गित संगितमा पाइला अगाडी बढाउदाँ मेरो पहिलो गित “पुर्बेली मायाले“ रेकर्ड भएर अहिले बजारमा छ ।
० यस क्षेत्र बाट जिबन चलाउन सकिदैन नि ?
आफ्नो रहर चाहाना लाई पुरा गरेर समाजमा आफ्नो नाम सुपरिचित बनाउने उदेश्यका साथमा आएको छु । सानो उमेर देखीको चाहाना रुचि नै कलाकारीता क्षेत्रमा प्रवेश गर्न हो । मलाई यस क्षेत्र बाट जिबन चलाउनु पर्न पनि छैन् ।
० तपाईको हाल सम्म कति वटा गित बजारमा छन ?
मेरो तिन चार वटा गित अहिले बजारमा छन् । सात आठ वटा गित अबको केही दिनमा बजारमा सार्वजानिक हुनेछन् । रेकर्ड भैसकेको छ अबको केही दिन प्रतिक्षा गर्दा हुन्छ भन्न चाहान्छु ।
० कुन गितले तपाईलाई सम्पुर्ण दर्शक माझ चिनाउन सफल भयो?
मलाई मेरो पहिलो गित “पुर्बेली मायाले“ बाट नै धेरै दर्शक श्रोता माझ चिनाउन सफल भयो । यस गित बाट नै अशंख्य श्रोता तथा दर्शकहरुको माया पाएर संगित प्रति झन मोह बढदै गएको र निकै उर्जा थपिएको कारणले अहिले निरन्तर रुपमा यस क्षेत्रमा सर्मपित रहेको छु ।
० कस्ता खालको गित गाउन रुचाउनु हुन्छ ?
पृर्वेली पश्चिमेली गित गाउन मन पराउछु जुन गितले आफ्नो संस्किृति बोलेको हुन्छ साथै जनचेतनामुलक गित गाउन रुचाउछु ।
० गित संगितमा आएको विकृतिलाई कसरी लिनु भएको छ ?
प्छिल्लो समयमा गित संगित क्षेत्रमा धेरै नै विकृति आएको छ कला क्षमता नभएका धेरै मानिसहरु यस क्षेत्रमा आएर विकृति ल्याएका छन् । पैसा लगानी गरेर कलाकार बनिरहेका छन् । उनिहरुले निकालेका गित म्युजिक भिडियोमा धेरै छाडापन अपाच्य गित बजारमा लिएर आएका छन हामीले यी सबै गित लाई बहिस्कार गर्नु पर्छ अनि मात्रै ठिक हुन्छ ।
० पैसा लगानी गरेर कलाकार बन्नेलाई तपाईको सुझाब ?
कला, क्षमता,रुचि, चाहाना भएर यस क्षेत्र सम्बन्धि केही सिकेर मात्रै आउन अनुरोध गर्दछ्ु । पैसा लगानी गरेर नआउनु होला किनकी पैसा भनेको तपाईसँग जहिले पनि हुदैन केही सिकेर आउदाँ पछि सम्म टिक्न सकिन्छ त्यसैले केही ज्ञान लिएर आउनु होला भन्न चाहान्छु ।
० यस क्षेत्रमा लागेर के पाउनु भयो ?
देश तथा बिदेशमा हुने विभिन्न अवार्ड कार्यक्रमहरुबाट सम्मानित भएको छु । आफ्नो नामको लागी मानिस ज्यानको बाजी लगाउन तयार हुन्छन् । मैले त के नै गरेको छु र केही पाउनको लागी तर पनि सानो सानो सम्मान नै मेरा लागी ठुलो हुन्छ । आफ्नो नाम सुपरिचित बनाउनको लागी निरन्तर गित संगित क्षेत्रमा लागिहेको छु एक दिन अवस्य सफल हुने छु । “पुर्बेली मायाले“ बोलको गीतबाट एपिक म्युजिक अवार्डको सर्वउकृष्ट पुर्बेली गीतको शिर्सकबाट सम्मानित भएको थिए । आज मात्रै नाटयश्वर म्युजिक अवार्ड बाट पनि वर्षको नै सर्वउकृष्ट गायकाको अवार्ड हात पारे छु यँही हो ठुलो सम्पति हो मेरा लागी ।
० पछि गएर कस्तो गायक बन्न मन छ र के योजना बनाउनु भएको छ ?
मलाई पछि गएर लोकप्रिय सबैको मन मुटुमा बस्न सफल गायक बन्न मन छ । मौलिक समाजमा पच्ने खालको गित संगित बजारमा ल्याउने छु । सबैले माया गर्दिनु होला । गित संगित बाट निरन्तर अगाडी बढने छु नयाँ नयाँ गित संगित बजारमा लिएर आउने छु ।
० अन्तमा ?
तपाई लगायत तपाईको यस नव क्षितिज साप्ताहिक पत्रिका लाई धेरै धेरै धन्यवाद मलाई यहाँ सम्म बोलाएर मेरो बारेमा केही कुरा भन्ने अवसर दिनु भएकोमा साथै मेरा सम्पुर्ण दर्शक श्रोताहरु लाई मेरो नयाँ नयाँ सात वटा गित अबको केही दिनमा आउदै छ हेरेर सल्लाह सुझाब दिनु होला अनि मलाई मेरो गितलाई माया गर्दिनु होला भन्न चाहान्छु ।