Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतंकवाद’को चेतावनी

Saturday, January 30, 2021 National Power

काठमाडौं- अमेरिकामा नयाँ राष्ट्रपति फेरिएसँगै ‘आन्तरिक आतंकवाद’ त्रास बढेको खबर सार्वजनिक भएको छ । समाचारका अनुसार अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा ‘आन्तरिक आतंकवाद’को जोखिम रहेको भन्दै चेतावनी दिएका हुन् । उनीहरूले गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिबाट जोखिम रहेको जनाएका हुन् ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ६ जनवरीमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आँकलन गरेको समाचार बिबिसीले उल्लेख गरेको छ । तर, उक्त सूचनामा त्यस्तो कुनै ठोस योजनाको जानकारी नभएको पनि बताइएको छ ।

बुधबार जारी गरिएको एड्भाइजरीमा सफलतापूर्वक सम्पन्न राष्ट्रपतीय कार्यकालको उद्घाटन समारोहको ‘केही सातासम्म’ त्यस्तो जोखिम रहन सक्ने जनाइएको छ ।

‘सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंस्रक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन्’ निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि उनीहरुको निसाना हुनसक्ने सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जाल साइट टेलिग्राममा थुप्रै दक्षिणपन्थी समूहहरूले क्यापिटल भवनका आक्रमणकारीहरूलाई ‘स्वतन्त्रता पक्षधर योद्धा’ र ‘नायक’ को संज्ञा दिइएको समाचारमा जनाइएको छ । फेसबुक र ट्विटरमा त्यस्ता समूहहरूलाई प्रतिबन्ध लगाएपछि उनीहरूले टेलिग्राम प्रयोग गर्न थालेका हुन् ।

यही ६ जनवरीमा ट्रम्प समर्थकहरूले अमेरिका संसद्मा हंगामा गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार क्यापिटल भवनमा मच्चाइएको हंगामालाई जोडेर अहिलेसम्म ४०० सन्दिग्ध व्यक्तिको पहिचान भएको छ भने १३५ जनालाई पक्राउ गरिसकिएको बताइएको छ ।