Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

पाकिस्तानद्वारा अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्यको प्रस्ताव

Tuesday, January 26, 2021 National Power

एजेन्सी- पाकिस्तानले अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्य गर्न तयार रहेको जनाएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेशीले यो कुरा जनाएका हुन् । उनले बाइडेन सरकारसंग सहकार्य गर्ने विषयको जानकारी आइतबार गराएका हुन् ।

पाकिस्तान र अमेरिका बीचको नयाँ सम्बन्ध वास्तवीक आधारमा हुनुपर्ने र विगत चार वर्ष धेरै परिवर्तन आएको समेत मन्त्री कुरेशीले जनाएका छन् । ट्रमप कार्यकालमा अमेरिका पाकिस्तान सम्बन्ध निकै पेचिलो र धातक भएको थियो। कुरेशीको भनाइलाई टाइम्स अफइन्डियाले उदृत गर्दै लेखेको छ,‘ विगत चार वर्षमा हरेको कुरा परिवर्तन भएको छ । क्षेत्रमा परिर्वतन भएको छ । पाकिस्तानमा परिवर्तन भएको छ । र, तपाइहरुलाई पाकिस्तान संग सहकार्य गर्न जरुरी छ ।’

पाकिस्तान सरकार अमेरिकी बाइडेन सरकारसंग नयाँ दृष्टिकोण र नयाँ निती सित अगाडी बढ्न तयार रहेको उनले जनाएका थिए । पाकिस्तानी नितीलाई अमेरिकाले सकारात्मक ढंलले लिनुपर्नेमा समेत उनको जोड रहेको टाइम्स अफ इन्डियाले लेखेको छ । पाकिस्तान विसिङ्गटनसित राम्रो र स्वच्छ सम्बन्ध कायम गर्न चाहेको समेत उनले स्पष्ट पारेका छन् । द्धिपक्षीय सम्बन्धलाई विस्तार गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत जाहेर गरेको विषय टाइम्स अफ इन्डियाले लेखेको छ ।