Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग

Tuesday, January 26, 2021 National Power

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको छ । नेकपा विभाजित भई केपी शर्मा ओली र प्रचण्ड-माधव समूह बनेको छ । दुवै समूहले आफूलाई आधिकारिक नेकपा दाबी गरेका छन् ।

आयोगको निर्णयबाट सबैभन्दा सन्तुष्ट नेकपा उपाध्यक्ष वामदेव गौतम छन् । उनले दुई हप्ता अघि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियासँग टेलिफोन कुराकानी गरेर यसबारे सल्लाह नै गरेका थिए । उनीहरुबीच अहिले आएकै निर्णयबारे कुरा भएको थियो । आयोगको पछिल्लो निर्णयबाट गौतम दंग छन् । तटस्थ भूमिकामा रहेर नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका उनले निर्वाचन आयोगको निर्णयले एकतालाई मलजल गरेको बताइसकेका छन् ।

आयोगको निर्णयलाई नेकपा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । उनी यो निर्णयबाट खुशी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आयोगको निर्णयबाट खुशी भएको बुझिएको छ । ओली र प्रचण्ड नेतृत्वको नेकपा नै वैधानिक हो भन्ने गरी आयोगको निर्णय आएको हो । ओलीले पार्टी अध्यक्षबाट प्रचण्डलाई हटाएका छैनन् ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने आयोगको निर्णयबाट झस्किएका छन् । उनीहरुले आफ्नो समूहको नेकपा नै आधिकारिक हुनुपर्ने जिकिर गर्दै आएका थिए । नेकपाको प्रचण्ड-माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट नै हटाइसकेको छ । निष्काशनको निर्णय पनि कानुनत वैधानिक नहुने देखिएको छ । यसले प्रचण्ड र माधव नेपाल समूहलाई झड्का पुगेको छ ।

नेकपा फुट्न नदिने गरी आएको निर्णयबाट नेकपाका अधिकांश कार्यकर्ता खुशी देखिएका छन् । उनीहरु पार्टी एक भइरहोस् भन्ने पक्षमा रहँदै आएका छन् ।