काठमाण्डौ – प्रसिद्ध गायक प्रमोद खरेलको मार्मिक गीत दोष सार्वजनिक भएको छ । गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकपृय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।
अधिकांस गायक प्रमोद खरेलका म्युजिक भिडियोमा अभिनय गर्ने उनै सदाबहार मोडल सनम कठायतको बेजोड अभिनय रहेको उक्त गीतको भिडियोमा सनमसंगै अस्मिता पन्तसं, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।
विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथा र परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गर्नु भएको छ ।
निकै मेहनतका साथ निर्माण गरिएको उक्त म्युजिक भिडियो चितवन् क्षेत्रमा छायांकन गरिएको हो भने एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ । म्युजिक भिडियो सार्वजनिक भए संगै यसको सर्वपक्षीय चर्चामा संगित वृतमा बढेको छ ।