Friday 5th March 2021

    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव    दुई वर्षपछि सार्वजनिक भए विप्लव    नमोबुद्ध गुठि हस्तान्तरण    'फेशन फेयर अवार्ड— २०२०' भव्यरुपमा सम्पन्न    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

५० का मुख्यमन्त्री शेरधनकी दुलही बन्दै २० वर्षीया ज्याङमु

Sunday, January 17, 2021 National Power


 काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् ।

राईले ११ माघमा विवाह गर्न लागेका छन् । उनकी दुलही पनि नाम चलेकै युवती हुन् । उनी हुन् सन् २०१८ कि मिस मंगोल ज्याङमु शेर्पा । मुख्यमन्त्री राईभन्दा शेर्पा ३० वर्षले कान्छी छिन् । राई ५० र शेर्पा २० वर्षका छन् ।

शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
मुख्यमन्त्री राईले काठमाडौंमा नेकपाका केही नेताहरु, मित्रहरु र परिवारका सदस्यहरुलाई विवाहको निम्तो पनि गरिरहेका छन् ।

राई नेकपाको राजनीतिमा सफल नेतामध्ये मानिन्छन् । उनी २७ वर्षको उमेरमै भोजपुरमा चुनाव जितेर चर्चामा आएका थिए । उनी सञ्चारमन्त्री हुँदै पहिलो प्रदेशसभा चुनावमा विजयी भई मुख्यमन्त्री बन्न सफल भए । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राई तत्कालिन नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत थिए ।