Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

रामजी खाँडको स्वरमा आफ्नै माया

Friday, January 8, 2021 National Power

काठमाण्डौ -गायक रामजी खाँडको स्वरमा आफ्नै माया बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडीयोमा नरेन खड्का र सिमा ढकालको अभिनय रहेको छ । भिडियो लाई बिजय दिप गिरीले निर्देशन गरेका छन् भने गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँङ्कन र बिकास ज्ञवालिको सम्पादन रहेको छ ।

भिडियोमा आफुलाई मनपरेकी केटिलाई नरेनले फलो गरेका छन् । यो गीतका गीतकार बिजय दिप गिरी हुन् भने यसमा सरोज प्याकुरेलको संगीत रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको गीतलाई भोला पौडेलले मिक्सीङ गरेका छन् । अहिले धेरै गीत चर्चामा रहेका रामजी खाँडले यो गीत पिकनिक तथा पार्टिको लागी नृत्य गर्न सुहाउने गीत भएको जनाएका छन् । गीतको भिडियो उत्कृष्ठ देखिएको छ । गीत जर्सिङ पौवामा छायाँङ्कन भएकोले हिमालका सुन्दर दृष्य पनि भिडियोमा अटाएका छन् ।