Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

रामजी खाँडको स्वरमा आफ्नै माया

Friday, January 8, 2021 National Power

काठमाण्डौ -गायक रामजी खाँडको स्वरमा आफ्नै माया बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडीयोमा नरेन खड्का र सिमा ढकालको अभिनय रहेको छ । भिडियो लाई बिजय दिप गिरीले निर्देशन गरेका छन् भने गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँङ्कन र बिकास ज्ञवालिको सम्पादन रहेको छ ।

भिडियोमा आफुलाई मनपरेकी केटिलाई नरेनले फलो गरेका छन् । यो गीतका गीतकार बिजय दिप गिरी हुन् भने यसमा सरोज प्याकुरेलको संगीत रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको गीतलाई भोला पौडेलले मिक्सीङ गरेका छन् । अहिले धेरै गीत चर्चामा रहेका रामजी खाँडले यो गीत पिकनिक तथा पार्टिको लागी नृत्य गर्न सुहाउने गीत भएको जनाएका छन् । गीतको भिडियो उत्कृष्ठ देखिएको छ । गीत जर्सिङ पौवामा छायाँङ्कन भएकोले हिमालका सुन्दर दृष्य पनि भिडियोमा अटाएका छन् ।