Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘जुन दिन तिमीले‘’ भन्दै सारिका (भिडियोसहित)

Thursday, January 7, 2021 National Power

काठमाडौं – सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले‘’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।