Friday 5th March 2021

    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव    दुई वर्षपछि सार्वजनिक भए विप्लव    नमोबुद्ध गुठि हस्तान्तरण    'फेशन फेयर अवार्ड— २०२०' भव्यरुपमा सम्पन्न    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

श्रेष्ठ, मल्ल र ढुङ्गानालाई हरितारा पुरस्कार दिनुका साथै चलचित्र निर्देशक खरेल लगायतलाई परिवर्तन सम्मान प्रदान गरियो

Wednesday, January 6, 2021 National Power


काठमाण्डौ – हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व। विजया राणा, (तारा रानी)ले रु। ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्छ । संरक्षक श्री मनोज सम्सेर जबराबाट २०६७ सालमा रु। ३,००,०००।– थप गरि हाल ६ लाखको अक्षयकोषबाट आउने व्याजबाट पुरस्कार अर्पण गरिँदै आएको छ ।
२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित हरितारा चलचित्र पुरस्कार जनहि रु। २५,०००।– (अक्षरुपि रु पच्चिस हजार) नगद थैली तथा लिखतपत्र सहित अर्पण गरिँदै आएको छ । स्थापनाकालदेखि नै संरक्षक रहनु भएकी समाजसेवी श्रीमती विजया राणा, ९तारा नानी०को २०५७ सालमा निधन भए पश्चात उहाँकै सुपुत्र मनोज सम्सेर जबरा हरितारा चलचित्र पुरस्कार गुठीको संरक्षक एवं अध्यक्ष रहनु भएको छ । यसको सदस्य सचिव परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौला रहनु भएको छ ।

गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ ।  वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।

२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।


यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।