Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

राजधानीकर्मी डब्बु क्षत्रीलाई गीतकार सम्मान

Wednesday, January 6, 2021 National Power

काठमाडौ -काठमाडौंमा एक समारोहबीच नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडियाले दुई वर्ष अघिबाट सुरु गरेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नारा राखिएको यो तेश्रो श्रृखला हो ।

समारोहमा विभिन्न ५२ विधाका लागी ७१ वटा अवार्ड प्रदान गरियो । नेपाली सहित १४ भाषाका गीतसंगीत तथा म्युजिक भिडियोलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सञ्चारमन्त्री पार्वत गुरुङ, अग्रज संगीतकार शम्भूजित बासकोटा, सुदुर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसेलगायतले सो समारोहमा सम्बन्धित कलाकारलाई सम्मान, पुरस्कार तथा अवार्ड प्रदान गरे ।

गीतकार डब्बु क्षत्रीलाई गीत लेखनमा लामो समयदेखि निरन्तर योदान पु(याएको भन्दै विशिष्ट गीतकार कला सम्मानबाट सम्मानित गरियो । पत्रकारितामा लामो योगदान दिएको भन्दै यस वर्षको नेशनल पत्रकारिता पुरस्कार पत्रकार कुवेर गिरीलाई प्रदान गरियो । गायक सिताराम पोखरेललाई रजत सम्मानवाट सम्मानित गरियो । क्षत्री, पोखरेल र गिरीलाई सञ्चारमन्त्री गुरुङले सम्मान प्रदान गरे । यस्तै सम्मानित हुने अन्यमा पत्रकार नवराज बजगाई (काभ्रे) , पत्रकार शिव देवकोटा (नुवकोट) , पत्रकार सुजन विश्वकर्मा (पोखरा), भिडियो निर्देशक बविता वस्नेत, गायक शशि बिक्रम थापा थिए ।