Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन

Thursday, December 24, 2020 National Power

लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्।

प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्रि, पवन बराईली र रेणु लिम्बुलाइ फिचर्ड गरिएको छ । नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ । भिडियो हेर्नुहोस :