Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

कानुनी परामर्शमा सभामुख सापकोटा

Monday, December 21, 2020 National Power

काठमाडौं – अनायासै संसद विघटन भएपछि सभामुख अग्नी सापकोटा कानुनी परामर्शमा जुटेका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्पतिबाट संसद विघटनको घोषणा भएसँगै सापकोटा कानुनी परामर्शमा जुटेको उनको नीजि सचिवालयले जनाएको छ ।

सापकोटा निकट स्रोतका अनुसार उनी संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा विज्ञहरुसँग छलफल र परामर्शमा जुटेका हुन् ।

नेपाको संविधानको धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेको बुझिएको छ ।

के छ संविधानको १०३ धारामा ?
नेपालको संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’

यही व्यवस्था अनुसार सभामुखले आफ्नो विशेष अधिकार प्रयोग गर्न सक्ने–नसक्ने भनेर कानुनी परामर्श भइरहेको बुझिएको छ । यसबारे कानुनविदका समेत फरक–फरक धराणा आइरहेका छन् ।