Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

कानुनी परामर्शमा सभामुख सापकोटा

Monday, December 21, 2020 National Power

काठमाडौं – अनायासै संसद विघटन भएपछि सभामुख अग्नी सापकोटा कानुनी परामर्शमा जुटेका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्पतिबाट संसद विघटनको घोषणा भएसँगै सापकोटा कानुनी परामर्शमा जुटेको उनको नीजि सचिवालयले जनाएको छ ।

सापकोटा निकट स्रोतका अनुसार उनी संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा विज्ञहरुसँग छलफल र परामर्शमा जुटेका हुन् ।

नेपाको संविधानको धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेको बुझिएको छ ।

के छ संविधानको १०३ धारामा ?
नेपालको संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’

यही व्यवस्था अनुसार सभामुखले आफ्नो विशेष अधिकार प्रयोग गर्न सक्ने–नसक्ने भनेर कानुनी परामर्श भइरहेको बुझिएको छ । यसबारे कानुनविदका समेत फरक–फरक धराणा आइरहेका छन् ।