Wednesday 17th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो

Thursday, December 17, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ४५ लाख ३४ हजार एक सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १६ लाख २५ हजार दुई सय २६ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पाँच करोड २३ लाख ७२ हजार पाँच सय ३४ जनाले कोरोना जितेका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ७३ लाख ९२ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको । त्यहाँ तीन लाख १४ हजार पाँच सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, भारतमा ९९ लाख, ५१ हजार ७२ संक्रमितमध्ये एक लाख ४४ हजार चार सय ८७ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । त्यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनाले कोरोना जितेका छन । हालसम्म नेपालमा १७ सय ४३ जनाले कोरोना संक्रमणकै बेला ज्यान गुमाएका छन ।