Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

ओलीले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याउलान् ?

Wednesday, December 16, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्रको सत्ता संघर्षले देशको राजनीतिक जटिल मोडमा पुगेको छ । संसद अधिवेशन डाकिएको छैन । त्यसको साटो अध्यादेश ल्याएर आफू अनुकूलको सत्ता सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनले हतार हतार बजेट अधिवेशन अन्त गर्न सिफारिश गरेका थिए । त्यसपछि चार महिनायता संसद अधिवेशन बस्न सकेको छैन ।

ओलीले विगतमा राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याए । पछि फिर्ता गरे । यसपटक उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका छन् । संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिश गर्नुपर्नेमा नगरी नयाँ अध्यादेश ल्याएका छन् । यसमा नेकपाभित्रको विवादले नै भूमिका खेलेको छ ।

ओली अध्यादेशमार्फत् देश चलाउन थालेका छन् । उनले संसदको सामना गर्ने र संसदीय प्रक्रियाबाट ऐन संशोधन गरेर बढ्ने भन्दा त्यसलाई छलेर बढ्न थालेका छन् । नेकपाभित्र यसले तिव्र असन्तुष्टि व्याप्त भएको छ ।

पार्टी स्थायी कमिटी बैठकले ओलीको राजनीतिक प्रतिवेदनलाई अस्वीकृत गर्ने सम्भावना बलियो छ । कम्युनिस्ट पार्टीमा जसको प्रतिवेदन पारित हुन्छ उही नेतृत्वमा पुग्छ । प्रचण्डको पनि प्रतिवेदन छलफलका क्रममा छ । तर, ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्ने पक्षमा छैनन् । उनले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

पार्टीले ओलीलाई कारबाही गर्ने सम्मको परिस्थिति बनेको छ । यस्तो अवस्थामा ओलीले फेरि पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने सम्भावना छ । अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले पार्टी एकता भएको पाँच वर्षसम्म फुटाउन नपाइने, दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०(४० प्रतिशत सदस्य संख्या चाहिने व्यवस्था छ । त्यसमा परिवर्तन गरेर ओलीले विगतमा पनि अध्यादेश ल्याएका थिए । सोही प्रकारको अध्यादेश फेरि ल्याउने सम्भावना देखिदैछ ।

पूर्व प्रधानमन्त्री समेत रहेका राजपा वरिष्ठ नेता बाबुराम भट्टराईले मंगलबार ट्वीट गर्दै ओलीले अर्को विध्वंशकारी अध्यादेश ल्याउनसक्ने टिप्पणी गरेका छन् । अहिलेको राजनीतिक परिस्थितिले ओली त्यही दिशातर्फ बढ्न लागेको विश्लेषण भइरहेृको छ । एकपछि अर्को अध्यादेश ल्याउँदै सत्ता संकट टार्ने र विरोधीलाई हायलकायल पार्नेमा ओली जुटेका छन् ।